प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
काठमाडौं। हेटौंडामा एकैपटक आठ वटा सवारी ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
एउटै लेनमा गुडिरहेको मोटरसाइकल, टाटा सुमो, बोलेरे जीप, पिकअप भ्यान, बस तथा ट्रक ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको डिसएसपी यज्ञराज भट्टराईले जानकारी दिए। मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको भट्टराईले बताए।
उनका अनुसार दुर्घटनामा अन्य सामान्य घाईते भएका छन्। उनीहरुको उपचारका लागि नजिकैको अस्पतालन लगिएको छ।
डिएसपी भट्टराईले जानकारी दिएअनुसार ट्रकले बोकेर ल्याएको हाइड्रोपावरको लागि प्रयोग हुने कन्टेनर खस्दा उक्त दुर्घटना भएको हो। घट्ना साढे १२ बजेतिर घटेको उनले बताए।
कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो।
पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij