प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ को बानियाँटोल र शान्तिनगरका नौ घर डुबानमा परेका छन्। गोरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौँडा–५ का उक्त स्थानका करीब नौ घर डुबानमा परेका मकवानपुर प्रहरीले जनाएको छ।
डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। केही दिनअघि अविरल वर्षाका कारण उक्त स्थानका थुप्रै घर डुबानमा परेका थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij