प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
मकवानपुरमा गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ। आज बिहान ६ बजेको समयमा हेटौँडा–१७, हटियामा रहेको शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपी ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
उनका अनुसार, ट्रक पुरिए पनि मानवीय क्षति भने भएको छैन। पानी परिरहेकाले ट्रकलाई उद्धार गर्न कठिनाइ भएको जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij