सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एमाले चोकबाट चोरीको अभियोगमा ३ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • धादिङ। प्रहरीले धादिङमा विभिन्न सामान चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

    धादिङ निलकण्ठ नगरपालिका–३ एमाले चोकमा बस्ने नारायण श्रेष्ठले आफ्नो डेराबाट मोबाइल र नगद चोरी भएको निवेदन दिएसँगै खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४ बस्ने २० वर्षीय सुजन ठकुरी, ऐ.ऐ बस्ने १८ वर्षीय किशान श्रेष्ठ र सोही ठाउँ बस्ने २० वर्षीय निशान सुन्दास रहेका छन्।
    प्रहरीका अनुसार धादिङ निल्कण्ठ न.पा. वडा नं. ३ एमाले चोक स्थित निशान सुन्दासको कोठा खानतलासी गर्दा चोरी गरी ल्याएको विभिन्न सामानहरु समेत फेला परी बरामद गरिएको र तिनै जनालाई नियन्त्रणमा लिइएको हो।

    पक्राउ पर्ने तिनै जनाविरुछ अहिले जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij