प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
मेवालाल यादव, रौतहट
रौतहट जिल्लाको पुर्व पश्चिममा रहेको बागमती र लालबकैया नदीको जलस्तर बिहानै देखि बढ्दा नदिका छेउछाउका बस्तीहरुमा फेरि बाढीको डर त्रास उत्पन्न हुन थालेका छन्। गत २८ गते अाएको बिनाशकारी बाढीको घटना नसेलाए दुवै नदीमा पानीको जलस्तर बढ्दा दर्जनौं गाउँका बस्तीहरुमा बाढीको डर हुन थालेका छन्।
लालबकैया नदीको परोहा नगरपालिकाको तेजापाकड़ वडा नंबर३ मा रहेको नदीको ठोक्कर भत्किएको र अर्को ठोक्कर भत्काउन सुरु गरेको हुँदा नदी छेउका बस्तीहरुमा फेरि बाढीको डर त्रास हुन थालेका छन्।। गत २४ गते देखि वर्षा हुँदा लालबकैया र बागमती नदीको सतह बढेपछि गत २७-२८ गते गौर सहित दर्जनौं गाउँहरु डुवानमा परेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij