प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
दमासकस (रासस/सिन्हवा) । सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ । सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
उक्त पहाडि इलाकामा सिरियाली सैनिकका पोष्ट रहेका बताइएको छ । त्यसैले सो पहाडमा इजरायलले आक्रमण बढाइरहेको बताइएको छ । गएका वर्षमा सिरियामा इरानी नागरिकलाई लक्ष्य गर्दै इजरायलले सयौँ हवाई आक्रमण गरेको छ । ती हवाई आक्रमण इजरायलको सीमा क्षेत्रमा दक्षिण प्रवेशद्धार र गोलान हाइटमा लक्ष्य गरिएको छ । इजरायल र सिरियाबीच तनाब जारी रहेको र द्वन्द्व्रग्रस्त राष्ट्र सिरियामा इजरायलले बारम्बार क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।
इराजयलले लुकिछिपी आक्रमण गर्दै आएको र सिरियाली सरकारले इजरायलले सिरियाको विद्रोही समूहलाई इजरायलले समर्थन गर्दै आएको आरोप लगाउने गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij