सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

अबैध २५ लाख रुपैयासहीत एकजना रौतहट प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • रौतहट मेवालाल यादव
    साउन ८ गते

    जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुुसंधान टोलीले २५ लाख रुपैया सहीत एकजनालाई नियन्त्रणमा लिएको छ ।

    गौर नगरपालिका ३ स्थित बिपी चौक नजिकै बाट गडीमाई नगरपालिका ७ का २३ बर्षिय अजमतुल्ला अन्सारीलाई २५ लाख रुपैया सहीत नियन्त्रणमा लिएको हो । गत सोमवार गोप्य सुुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा अन्सारीले बोकेको झोलामा नेपाली २५लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले आज सार्वजिनक गरेको छ ।

    बरामद भएको उक्त ठुलो रकमको अन्सारीले भरपर्दो स्रोत खुलाउन नसकेको कारण रुपैया सहीत अनुुसंधानको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खडकाले जानकारी दिनुभयो ।

    आवशयक प्रारम्भिक अनुसंधान पश्चात थपअनुुसंधानका लागी अन्सारीलाई रुपैया सहीत मंगलवार सम्पती शुद्धीकरण बिभाग हरिहर भवन पुलचोक ललितपुर पठाएको एसपी खडकाले बताउनुभयो । २५लाख रुपैया सहीत पक्राउ परेका अन्सारी हुण्डी कारोवारी रहेको कतिपयले अडकल गरेपनी प्रहरीले भने पुुष्टी गरेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij