प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
धनुषा । गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका हुन् ।
पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij