आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२५ वर्षपछि रजनीकान्त देखिने छन् यस्तो भूमिकामा, लिक भयो फोटो

  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६



  • मुम्बई। दक्षिण भारतका सुपरस्टार रजनीकान्तको प्रत्येक फिल्म उनका फ्यानका लागि उत्सव जस्तै हुन्छ। फिल्मको नाम, स्टारकास्ट, शुटिङ, लुक्स र रिलीज मितिलाई लिएर फ्यानमा निकै उत्साह हुन्छ। यो पटक रजनीकान्त फिल्म ‘दरबार’ को शुटिङमा व्यस्त छन्। यो फिल्मको सेटको एउटा नयाँ फोटो लिक भएको छ।

    लिक भएको तस्वीर रजनीकान्तको हो। यो फोाटोमा रजनीकान्त प्रहरीको पोशाकमा देखिएका छन्। प्रहरीको पोशाकमा रजनीकान्तको लुक निकै आकर्षक देखिएको छ। उनका फ्यानले रजनीकान्तलाई २५ वर्षपछि यो लुकमा देख्नेकालागि निकै उत्सुक छन्।

    फिल्म दरबारमा रजनीकान्त एन्काउन्टर स्पेस्लिष्टको भूमिकामा हुन सक्ने बताइएको छ। रजनीकान्तले २५ वर्ष पहिला फिल्म ‘पण्डिण्न’ (१९९२) मा प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। यद्यपी त्यो भन्दा पहिला पनि उनीले दुई वटा फिल्ममा प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए।

    रजनीकान्तको नयाँ फिल्म दरबारको शुटिङ अगस्टसम्म पूरा हुने संभावना छ। एआर मुरुगदासको निर्देशनमा बनिरहेको यो फिल्ममा रजनीकान्तको दोहोरो भूमिका रहेको छ। यो फिल्ममा नायिकाको रुपमा नयनतारा रहेकी छन्। बलिउड अभिनेता प्रतीक बब्बर र दिलीप ताहिलको पनि यो फिल्ममा मूमिका रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij