प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
काठमाडौं। अण्डाहरु पनि एक आपसमा कुरा गर्छन् । स्पेनको भिगो युनिभर्सिटीको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो । अध्ययनपछि विश्वविद्यालयले प्रकाशित गरेको रिपोर्टमा उल्लेख भएअनुसार आमाबाट खतराको संकेत पाउनासाथ अण्डाहरु कम्पन भएर एक अर्कालाई सावधान गराउँछन् । शोधकर्ताहरुले यो अनुसन्धान पहेंलो खुट्टा भएको चरा (यलो बेलिड गल) का ९० अण्डाहरुमा गरेका हुन् ।
शोधकर्ताहरुका अनुसार खतराको संकेत पाउनासाथ एक अण्डा छेउको अर्को अण्डालाई सचेत गराउँछ ताकि यदि उसले खतराको आभास नपाएको भए सावधान होस् । यसलाई बुझ्नको लागि चराका अण्डाबीच हुने ध्वनीको अध्ययन गरियो । शोधकर्ताहरुले यसको लागि अण्डाहरुलाई दुई वर्गमा बाँडे । पहिलो वर्गका अण्डालाई चरासँग गुँडमा राखियो । दोस्रो वर्गका अण्डालाई चरासँग साउण्ड प्रुफ कोठामा राखियो ।
त्यपछि दुवै पटक चरालाई खतराको आभास गराइयो । यस क्रममा देखियो कि चराले अण्डालाई आवाजको माध्यमले खतराको संकेत दिन्छ । चराको संकेतपछि गुँडमा राखिएका अण्डामा भाइब्रेसन भयो तर साउण्ड प्रुफ कोठामा राखिएका अण्डाका कुनै प्रतिक्रिया देखिएन । शोधका अनुसार खतराका स्थितिमा अण्डा भाइब्रेट गर्छन् । यसरी भाइब्रेट गरेका अण्डाभित्र भएका चल्ला अन्य अण्डामा भएका चल्ला भन्दा ढिलो बाहिर निस्किन्छन् । अण्डाभित्रै खतरासँग जुध्ने र ढिलो बाहिर निस्किएका कारण यी चल्लाहरुमा स्ट्रेस हर्मोनको स्तर अन्य चल्लामा भन्दा धेरै हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij