सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

फ्राइडे रिलिज : ‘सुपर गोर्खे’ र ‘एकलव्य’ एकसाथ प्रदर्शनमा

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • काठमाडौं। शुक्रबार देशभरका सिनेमा घरहरुमा नेपाली चलचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ एकसाथ प्रदर्शनमा आएका छन्।

    चलचित्र ‘सुपर गोर्खे’ नायिका ऋचासिंह ठकुरीको निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट निर्माण भएको छ। यस चलचित्रलाई ऋचाका श्रीमान राज थापाले निर्देशन गरेका छन्, भने चलचित्रमा ऋचा र उनका श्रीमान राज नै प्रमुख भूमिकामा छन्।

    चलचित्रमा ऋचा र राजसँगै, सुरजसिंह ठकुरी, निराजन लुईटेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राईलगायतका कलाकारको अभिनय रहेको छ।

    किरण माइकलको कथा रहेको यस चलचित्रलाई सौरभ लामाले छायांकन गरेका हुन्, भने यसका सम्पादक बनिश शाह हुन्। चलचित्रमा इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठूले), सुदीपजंग थापाको लगानी रहेको छ।

    त्यसैगरी शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘एकलव्य’ पारिवारिक प्रेम कथामा आधारित चलचित्र हो। यसै चलचित्रबाट अनमोल शर्माले निर्देशनमा डेब्यु गरेका छन्।

    यस चलचित्रमा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, सुशिल पोखरेल, सुष्मा कार्की, महिमा सिलवाललगायतका कलाकारहरुको अभिनय रहेको छ।

    चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको छ। कृष्ण श्रेष्ठको छायांकन रहेको यस चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij