प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
काठमाडौं। साहसिक खेलमा बन्जीजम्पिङ निकै लोकप्रिय छ । नेपालमा पनि विभिन्न स्थानमा बन्जीजम्प गर्ने साहसिक व्यक्तिहरु पुग्ने गरेका छन् । यस्तै बन्जीजम्प गर्दा एक व्यक्ति बीचमै डोरी चुँडिएपछि सिधै भुइँमा खसेका छन् । उनी खसेको भिडियो भाइरल भइरहेको छ ।
यो घटना पोल्याण्डको भएको मिडिया रिपोर्टमा उल्लेख छ । पोल्याण्डको डाइनिया शहरको राडी युरोपी थिम पार्कमा उनले १०० मिटर अग्लो क्रेनबाट बन्जीजम्पको लागि हाम्फालेका थिए । उनी हाम्फालेपछि बीचमै डोरी चुँडियो र उनी भुइँमा सेफ्टी कुसन बेडमाथि खसे । उनी त्यहाँ यति तीब्र गतिमा खसेका थिए कि उनी त्यहाँबाट पनि उफारिएर भुइँमा पुगे । उनी खसेपछि गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij