प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
नयाँ दिल्ली। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल गोप्य मिनशका क्रममा भारत नियन्त्रित जम्मू–कश्मिरको राजधानी श्रीनगर पुगेका छन्। उनले उच्च अधिकारीसँग बैठक गरेका छन्। यो क्रममा बाबा बर्फानीको दर्शन पनि गरेका छन्।
स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम अमर उजालाले जनाए अनुसार डोभाल बुधबार श्रीनगर पुगेका थिए। श्रीनगर पुग्ने वित्तिकै उनले सुरक्षा तथा खुफिया एजेन्सीका उच्च अधिकारीसँग छुट्टा छुट्टै बैठक गरेर कश्मिरको पछिल्लो अवस्था बारे जानकारी लिएका थिए।
डोभालको श्रीनगर भ्रमणलाई निकै गोप्य राखिएको थियो। उनी श्रीनगर पुग्नु भन्दा केही समय अगाडि मात्रै सम्बन्धित अधिकारीलाई डोभालको भ्रमणको जानकारी गराइएको थियो र बैठकका लागि बोलाइएको थियो।
डोभालले राज्यपालका सल्लाहकार विजय कुमार, मुख्य सचिव बीवीआर सुब्रमण्यम, डीजीपी दिलबाग सिंह, आईजी एसपी पाणीसँग भेट गरेका थिए। डोभालसँग दिल्लीबाट आईबीका एक उच्च अधिकारी पनि सँगै गएका छन्। उनी शुक्रबार दिल्ली फर्किने बताइएको छ। यद्यपी यो भ्रमणका विषयमा कुनै अधिकारीले टिप्पणी गर्न चाहेनन्।
मोदी दोस्रो पटक सत्तामा आएपछि डोभालको यो पहिलो श्रीनगर भ्रमण हो। जब मानिसहरुले गोप्य मिशनमा उनी श्रीनगर आएको थाहा पाए तब, अनुच्छेद ३७० व ३५ ए हटाउने अड्कल गरेका छन्। उक्त अनुच्छेद हटाउनु पहिला सुरक्षा व्यवस्थाको जानकारी दिन डोभाल श्रीनगर पुगेको अनुमान लगाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij