प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६
सिन्धुपाल्चोक । मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनका लागि बन्द हुने भएको छ । लामो साँघु जिरी सडक निमार्णको क्रममा रहेको हुँदा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अविरल वर्षाका कारण हिलो भई सवारी आवतजावतमा समस्या भएको थियो । समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको बैठकले साउन ११ गते बेलुका ६ बजेदेखि १३ गते बेलुकासम्म बन्द गर्ने निर्णय गरेको हो ।
खासगरी सवारी आवतजावतमा समस्या परेको तथा उक्त सडक पूर्ववत् स्थितिमा सञ्चालनमा ल्याउनुपर्ने भएकोले मर्मतका लागि सवारी आवागमन बन्द गरिएको शहरी डिभिजन कार्यलयका प्रमुख धर्मेन्द्रकुमार झाले बताए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij