सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कास्कीमा दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या घट्यो

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • पोखरा । कास्कीमा आर्थिक वर्ष २०७५/७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो।

    आव २०७४/७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए। तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ। आव २०७५/७६ मा ८२ वटा सवारीसाधन दुर्घटना हुँदा ८० जना घाइते भएका थिए । आव २०७४÷७५ मा ७९ सवारीसाधन दुर्घटनामा परी ८८ जना घाइते भएका थिए।

    ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको सङ्ख्या पनि बढेको छ । आव २०७५/७६ मा नियम उल्लङ्घन गर्ने ६४ हजार २०० चालक कारवाहीमा परेका थिए। आव २०७४/७५ मा ५१ हजार ५०१ चालकलाई कारवाही गरिएको थियो। ट्राफिक नियमको उल्लङ्घन, कमजोर सडक संरचना र सीमित क्षेत्रमा बढ्दो सवारी चापका कारण दुर्घटना बढेको प्रहरी नायब निरीक्षक जीतजङ्ग कार्की बताउँछन् ।

    “हामीले दुर्घटना न्यूनीकरणका लागि विद्यालय र बस्तीमा पुगेर सचेत गरिरहेका छौँ । मापसेमा पनि कडाइ गरेका छौँ”, उनले भने । दुर्घटनामा कमी ल्याउन चालक जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति आवश्यक भएको उनको भनाई छ।

    एक वर्षको अवधिमा जथाभावी पार्किङ गरिएका दुई हजार ९०० सवारीसाधनमा ह्विल तथा चेन लक लगाइएको थियो । आव २०७५/७६ मा नियम विपरीत सवारीसाधन चलाएबापत रु चार करोड ४७ लाख ३७ हजार राजश्व सङ्कलन गरिएको छ । पर्यटकीय शहर पोखरामा बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको कार्कीले बताए । जिल्लामा ८८ ट्राफिक जनशक्ति रहेको छ।

    एक जना ट्राफिकले दुई हजार ४७७ सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ । जिल्लामा हालसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या दुई लाख पाँच हजारभन्दा बढी रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij