आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोमा पुरिएर २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६



  • ११ साउन, काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।

    शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन् ।

    उक्त स्थानमा आठ जना भ्रमणमा आएका पर्यटक र केही श्रमिकहरूसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ ।

    उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।

    लिउपान्सी शहर नजिकैको एक ग्रामिण वस्तीमाथिबाट मङ्गलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरहरूलाई पुरेको स्थानीय अधिकारीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij