सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मोरङका अनिशको ‘शंकास्पद मृत्यु’मा प्रहरीले थाल्यो अनुसन्धान

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्थामा फेला परेको थियो।

    बेपत्ता भएको चार दिनपछि खोलामा शव फेला पर्नु र सँगै गएका साथी बेखबर हुनुले पनि घटना नियोजित भएको हुन सक्ने प्रहरीको भनाइ छ।

    अनिशलाई लैजानेमध्ये सन्दीप नेपालीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। अर्का विशाल ऋषिदेव फरार छन्। अनिशको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

    पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार रिपोर्ट आइसकेपछि मृत्युको कारण बताउन सकिने छ।

    ‘उनलाई लैजाने एक जना साथी फरार छन्, साथी फरार भएकाले पनि यसमा अनुसन्धान गर्नुपर्ने देखियो,’ उनले भने।

    आमाले दोस्रो विवाह गरेपछि सानै उमेरदेखि नै मिक्लाजुङ–९ मधुमल्ला चौकस्थित उनी मावल बस्दै आएका थिए।

    गएको फागुनमा बिहे गरेपछि मधुमल्लामा अनिश दम्पत्ति डेरा बस्दै आएका थिए। अनिषकी श्रीमती रञ्जिलाका अनुसार अनिशका साथी सन्दीप र विशाल ऋषिदेवले रातको १० बजे लगेका थिए।

    उनीहरू सानैदेखि मिल्ने साथी हुन्। भोलिपल्ट बिहानसम्म पनि अनिश घर नआएछि रञ्जिलाले नेपालीलाई अनिश खोई भनी सोधेकी थिइन्।

    नेपालीले ‘काठमाडौं गयो’ भन्दै जवाफ दिएको रञ्जिला बताउँछिन्।

    अनिशको मृत्यु प्रकरण सामान्य नदेखिएपछि प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij