सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दुर्घटनामा दुईको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • धनुषा जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    जनकपुर महेन्द्रनगर सडकखण्डमा आइतबार अपराह्न टाटा विंगर र अटो रिक्सा एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

    महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको ना१ज ७०२२ नम्बरको विंगर र जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज१ह ४८९६ नम्बरको टेम्पो क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किँदा दुर्घटना हुन पुगेको प्रहरीले बताएको छ।

    प्राप्त जानकारी अनुसार मृतक दुई जनामा एक महिला र एक पुरुष रहेका छन्। धनुषाको रमेशपुर बस्ने अन्दाजी ७२ वर्षका रामदेव साहको घटनास्थलमै मृत्यु भएको छ भने मृतक महिलाको नाम ठेगाना खुलेको छैन।

    मृतक महिला भने अन्दाजी ५० वर्षीया रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। उक्त दुर्घटनामा घाइते हुनेमा टेम्पो चालक रोशन साह र अन्य यात्रु छन्। उनीहरुको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरी बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij