आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिष्फोटबाट अफगानी राष्ट्रपतिका सहयोगी सालेहको कार्यलयमा क्षति

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • काबुल, अफगानिस्तान । अफगानी राष्ट्रपतिका सहयोगी अम्रूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार विस्फोट भएको छ। विस्फोटपछि कार्यालयमा छिरी भएको आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएका अफगानी अधिकारीले जनाएका छन्। आक्रमण समाचार तयार पार्दासम्म जारी रहेको बताइएको छ।

    “स्थानीय समय अनुसार  दिउसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालय नजिकै पहिलो विस्फोट भएको थियो। विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए।

    “समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र उक्त घटनामा अहिलेसम्म १३ जना घाइते भएका छन्।” सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उनले राजनीतिमा प्रवेश गर्नुपहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ। आक्रमणबाट सालेहलाई भने चोट नलागेको बताइएको छ।

    बिष्फोटबाट अफगानी राष्ट्रपतिका सहयोगी सालेहको कार्यलयमा क्षति

    काबुल, अफगानिस्तान । अफगानी राष्ट्रपतिका सहयोगी अम्रूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार विस्फोट भएको छ। विस्फोटपछि कार्यालयमा छिरी भएको आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएका अफगानी अधिकारीले जनाएका छन् । आक्रमण समाचार तयार पार्दासम्म जारी रहेको बताइएको छ।

    “स्थानीय समय अनुसार  दिउसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालय नजिकै पहिलो विस्फोट भएको थियो। विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,” अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए।

    “समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र उक्त घटनामा अहिलेसम्म १३ जना घाइते भएका छन्।” सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उनले राजनीतिमा प्रवेश गर्नुपहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ। आक्रमणबाट सालेहलाई भने चोट नलागेको बताइएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij