प्रकाशित मिति : सोमवार, साउन १३, २०७६
मेवालाल यादव ,आशिक नेपाल २०७६ साउन १२ गते आइतबार
जनकपुरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका ४ स्थित रहेको हिमालयन प्लाई उड ईण्डष्ट्रिज अगाडी अटो रिक्सा र वीङगर एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै मृत्यु र १ जनाको उपचारको क्रममा तथा २ जना गम्भिर घाईते भएको छ ।
जनकपुर तर्फबाट यात्रु बोकेर गईरहेको ना.१ ज.७०२२ नम्बरको वीङगर र महेन्द्रनगर तर्फबाट यात्रुबोकेर आईरहेको अटोरिक्सा अपरान्ह करिब ५ः३५ मा एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अमिर दाहालले जानकारी दिएका छन् ।

घटनास्थलमै मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ३ रमेशपुरका ७२ बर्षीय रामदेव साह, यकिन हुन नसकेको सिरहाका ५० बर्षीय रेखा यादव छन् भने घाईतेहरु मध्ये अटो रिक्सा चालक क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलका बर्ष २३ को रोशन साहको उपचारको क्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएका छन् ।
गम्भिर घाईते भएका २ जनाको उपचार जानकी मेडिकलमा सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाईएको प्रहरी निरिक्षक दाहालले जनाएका छन् । तीव्रगतिमा रहेको वीङगरको कारणले दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन्
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij