आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्युनिसियामा राष्ट्रपति निर्वाचनको मिति तय

  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६



  • ट्युनिस ।  ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी सेप्टेम्बार १५ तारिखका दिन निर्वाचन हुने भएको छ। उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका बहालवाला राष्ट्रपति बेजी काइद इसेब्सीको निधन भएर पद खाली भएकाले निर्वाचन हुन लागेको हो।

    स्वास्थ्यमा समस्या आएपछि ट्युनिसियाको सैनिक अस्पताल भर्ना हुनुभएका बेजीको ९२ वर्षको उमेरमा यही जुलाई २५ तारिखका दिन निधन भएको हो। उनलाई निधनअघि एक महिनामै दास्रोपटक अस्पताल भर्ना गरिएको थियो । उनी संसारका ज्येष्ठ राष्ट्रप्रमुख मध्येमा पर्दथे ।

    स्वतन्त्र उच्चस्तरीय निर्वाचन प्राधिकरणका अधिकारीहरूले सेप्टेम्बर १५ तारिखका दिन राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने बारेमा बुधबार जानकारी दिएका हुन्। प्राधिकरणले राजनीतिक दलसहित सरोकारवालाहरूसँग परामर्श गरेर निर्वाचनको मिति तय गरेर घोषणा गरेको जनाएको छ।

    राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूलाई अगस्ट २ देखि ९ सम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि सेप्टेम्बर २ देखि १३ सम्मको समय दिनेगरी निर्वाचन तालिका बनिसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार निर्वाचन भएको दुई दिनमा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij