आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घरको न घाटको भए सिद्धू

  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६



  • एजेन्सी। भारतको पंजाब सरकारको क्याबिनेट मन्त्री पदबाट राजीनामा दिएका नवजोत सिंह सिद्धू घरको न घाटको भएका छन् । कांग्रेसले अहिले उनलाई दिल्लीको पार्टी अध्यक्ष बन्नुपर्ने शर्त राखेको छ । तर, यो शर्त सिद्धूले मान्न निकै कठिन छ । यसअघि भारतीय जनता पार्टीमा रहेका सिद्धूलाई पंजाब छाड्न भनेकै कारण उनी भाजपा छाडेर कांग्रेसमा आए । पंजाब छाड्न भनेकै कारण पार्टी छाडेका सिद्धूलाई अब फेरि त्यही शर्त राखिएपछि उनी धर्मसंकटमा परेका छन् ।

    अहिले भाजपा प्रचण्ड बहुमतसहित केन्द्र सरकारमा छ । तर सिद्धूले भाजपा छाडिसके । अब कांग्रेसले राज्य सरकारमा पनि बहुमत ल्याउन कठिन देखिएको छ । यस्तो स्थितिमा पंजाब छाड्न भनेपछि सिद्धू घरको न घाटको भएका छन् । त्यसमाथि सिद्धूलाई जहाँ पठाइँदैछ त्यहाँ राज्य सरकारमा आम आदमी पार्टीको दबदबा छ । यही बेला सिद्धूलाई दिल्ली कांग्रेसको अध्यक्ष बनाउने चर्चा छ ।

    यदि सिद्धूलाई दिल्लीको अध्यक्ष बनाइयो भने यो पहिलो घटना हुनेछ कि कुनै नेता एक प्रदेशको विधायक हुँदाहुँदै अर्को प्रदेशको अध्यक्ष हुनेछ । सिद्धू अहिले अमृतसरका विधायक हुन् । सिद्धूले केवल यत्ति शर्तमा भाजपा छोडेका थिए कि उनी पंजाब छाडेर जान चाहँदैनन् । त्यतिबेला भाजपा सिद्धूलाई हरियाणाबाट चुनाव लडाउन चाहन्थ्यो । सिद्धूले भाजपाको यो शर्त अवीकार गरेका थिए ।

    भाजपाको शर्त अस्वीकार गर्दै पार्टी त्यागेर हिँडेका सिद्धूलाई कांग्रेसले पनि पंजाब छाडेर अर्को राज्यमा उतार्न चाहन्छ । शिला दीक्षितको मृत्युपछि दिल्ली प्रदेश कांग्रेसमा शून्यको स्थिति छ । शीलाले लोकसभा चुनावमा आफ्नो अनुभवले कांग्रेसलाई तेस्रो स्थानबाट दोस्रो स्थानमा ल्याइन् । यस्तोमा कांग्रेस शीलाको कदको व्यक्तिलाई दिल्लीको अध्यक्ष बनाउन चाहन्छ । दिल्लीका शिख समुदायको मतलाई हेर्दै कांग्रेस सिद्धूलाई यहाँ उतार्न चाहन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij