सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • काठमाडौं। ९० को दशकका नम्बर वन हिरो गोविन्दाले केही समयअघि एक अन्तरवार्तामा आफूलाई हलिउडको ब्लकबस्टर फिल्म अवतारको अफर आएको दावी गरेका थिए । गोविन्दाले आफूलाई अफर आए पनि अवतारमा काम गर्न अवीकार गरेको बताएका थिए । यसका साथै गोविन्दाले संजय लीला भंसालीको देवदामा पनि आफूलाई चुन्नी लालको रोलको अफर आएको थियो ।

    गोविन्दाले यी कुरा भनेपछि सामाजिक संजालमा उनको खिल्ली उडाइएको थियो । तर, अहिले गाविन्दाको बारेमा नयाँ खुलासा भएको छ जसले उनका फ्यानलाई झट्का दिन सक्छ । डेक्कन क्रोनिकललाई दिएको एक अन्तरवार्तामा गोविन्दाका एक नजिकका साथीले गोविन्दालाई मानसिक रोग भएको खुलासा गरेका छन् । उनले गोविन्दाले गरेका दावीहरु पनि पागलपनमै गरेको दावी गरे ।

    उनले भने ‘गोविन्दा लामो समयदेखि अनौठो व्यवहार गरिरहेका छन् । ठूलो अफर अस्वीकार गरेको दावी गर्नु गोविन्दाको बानीजस्तै भइसकेको छ । यो नकारात्मक कुराले उनलाई बक्स अफिससम्म पच्छ्याइरहेको छ ।’ गोविन्दाका कैयौं साथीहरुले उनलाई मानसिक रोग भएको मानेका छन् र उनलाई सहयोगको ठूलो आवश्यकता भएको ठान्छन् । ती साथीले अगाडि भने ‘कैयौं वितरक र प्रदर्शकले गोविन्दाको पछिल्लो फिल्म रंगीला राजा लिन मानेनन् किनकि गोविन्दाले उनीहरुसँग झगडा गरे र गाली गरे ।’

    साथीका अनुसार गोविन्दाले सबै साथीहरुसँगको सम्बनध बिगारेका छन् । आज फिल्म उद्योगमा गोविन्दाको कोही साथी छैन र कोही उनलाई सहयोग गर्न पनि तयार छैन । गोविन्दाले केही दिनअघि टिभी शो आपकी अदालतमा निर्देशक जेम्स क्यामरुनलाई फिल्मको नाम अवतार राख्न आफूले सुझाव दिएको दावी गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij