आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानले भारतसँगको व्यापार सम्झौता तोड्यो, राजदूत पनि फिर्ता पठाउने

  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६



  • इस्लामावाद । भारतले जम्मू कश्मीरलाई विशेष दर्जा दिने व्यवस्था खारेज गरेपछि पाकिस्तानले कडा कदम उठाएको छ । अन्तर्राष्ट्रियरुपमा विवादास्पद रहेको जम्मू कश्मीरबारे भारतले एकतर्फीरुपमा घोषणा गरेपछि पाकिस्तानले भारतसँगको व्यापारिक सम्झौता खारेज गरेको हो।

    भारतीय संविधानअनुसार जम्मू कश्मीरलाई दिइएको विशेषाधिकारलाई भारतले सोमबार खारेज गरेको थियो। भारतीय संविधानको धारा ३७० लाई खारेज गर्दै भारतले जम्मू कश्मीरलाई पनि विभाजन गरेर दुई केन्द्र शासित प्रदेश बनाएको छ । भारतले जम्मू कश्मीरबाट लद्दाखलाई अलग गरेर दुई केन्द्र शासित प्रदेश बनाएको हो।

    भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा यो विषयमा जानकारी दिँदै पाकिस्तानको कब्जामा रहेको कश्मीरमा पनि नयाँ प्रावधान लागु हुने बताएका थिए। बुधबार भारतले देशको नयाँ नक्सासमेत सार्वजनिक गरेको छ । जसमा पाकिस्तान कब्जामा रहेको कश्मीर पनि समेटिएको छ ।
    भारतले एकतर्फी रुपमा यस्तो कदम चालेपछि पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्धमा कटौती गरेको हो। पाकिस्तानी सुरक्षा समितिको बैठकपछि भारतसँगको व्यापार सम्बन्ध ताड्ने पाकिस्तानले घोषणा गरेको हो।

    पाकिस्तानले इस्लामावादस्थित भारतीय राजदूतलाई पनि फिर्ता पठाउने भएको छ । यस्तै यो मामिलालाई पाकिस्तानले राष्ट्रसंघमा पुर्याउने भएको छ।
    भारत र पाकिस्तानबीच लामो समयदेखि विवादित रहेको कश्मीर मामिलामा भारतले गरेको परिवर्तनले यो विषय झन उल्झिएको कतिपय विश्लेषकहरुले बताएका छन्। (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij