आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हुवावेले ल्यायो आफ्नै अपरेटिङ सिस्टम

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले उक्त सिस्टम सार्वजनिक गरेको हो। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुने छ।

    हुवावेको यो सिस्टम बहु डिभाइस कनेक्ट हुने छ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग भने स्क्रिन डिभाइसमा हुने कम्पनीले जानकारी दिएको छ।

    कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्ड युले हार्मोनी सार्वजनिक गरेका हुन्।

    यो सिस्टम स्मार्टफोन,स्मार्ट स्क्रिन, स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले जानकारी दिए। हुवावेको इन्टरनेट अफ थिंकको पार्टका रुपमा यसलाई कम्पनीले घोषणा गरेको छ। कम्पनीका अनुसार इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा यो सिस्टम प्रयोग हुने छ।

    अबको तीन वर्षभित्र हुवावेका सबै डिभाइसमा यसको प्रयोग हुने कम्पनीले घोषणा गरेको छ। शुरुमा यो चीनमा मात्र प्रयोगमा आउने छ। त्यसपछि विस्तरै विश्वबजारमा लिने कम्पनीले जानकारी दिएको छ।

    सयुक्त राज्य अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि गुगलले ९० दिनको अल्टिमेटम दिएको थियो। गुगलको एन्ड्रोयड र माइक्रोसफ्टको विन्डो सिस्टम प्रयोग गरिरहेको हुवावेले तत्काल आफ्नै अपरेटिङ सिस्टमको विकासलाई तीब्रता दिएको थियो।

    गएको जुनमा जापानमा भएको जि २० सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँगको मिटिङपछि अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले हुवावेलाई अमेरिकि कम्पनीसँगको कारोबार खुला गरिने घोषणा गरेका थिए। तर यो अहिलेसम्म लागू भने भएको छैन।

    गुगलले दिएको ९० दिने अल्टिमेटम पनि सकिएको छ। एन्ड्रोयड प्रयोगमा कुनै बाधा पनि भएको छैन। यद्यपी हुवावे अब भने तयार भएको छ।

    उसले हार्मोनी जुनसुकै डिभाइसमा प्रयोग गर्न सकिने भएको छ। कन्जुमर प्रमुख कार्यकारी रिचर्डले एन्ड्रोयडबाट यसमा तत्काल जान कम्पनीलाई कुनै कठिन नभएको बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij