आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हङकङमाथि बेलायतको कुनै अधिकार छैन : चीन

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • चीनले बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बेलायतका विदेशमामिला सचिव डोमिनिक राबले शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्र(एचकेएसएआर)का कार्यकारी प्रमुखलाई क्यारी लामसँग फोन गरेपछि चीनले शनिबार चेतावनी दिएको हो ।

    चिनीयाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छाउइङले भनेका छन्, ‘हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो, यो बेलायतको उपनिवेश होइन । हङकङको सार्वभौमिकता, शासन अधिकार तथा सञ्चालनमा बेलायतको कुनै अधिकार छैन ।’

    ‘बेलायतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप, निन्दा वा निर्देशन गर्ने जस्ता ‘आगोमा इन्धन थप्ने’ काम ‘तुरन्त’ बन्द गर्नुपर्छ,’ उनले थप भनेका छन्, एचकेएसएआरको आधारभूत कानुन, विदेश मामिला केन्द्र सरकारले व्यवस्था गरेको छ । बेलायतले एचकेएसएआरका प्रमुखलाई सिधै फोन गरेर दवाब दिनु गलत हो ।’

    शानिबारको २० मिनेट लामो फोनवार्तामा लामले एचकेएसएआरमा ‘एक देश, दुई प्रणाली’को सिद्धान्त पूर्णरुपमा कार्यान्वयन भएको र कानुनी शासन यस क्षेत्रको विशेष महत्त्व भएको विषयमा विशेष जोड दिएको एचकेएसएआरका प्रमुखको कार्यालयको विज्ञप्तिमा बताइएको छ ।

    एचकेएसएआरको विज्ञप्तिमा लामले बेलायतका विदेश सचिव राबलाई एचकेएसएआर सरकारले वाक स्वतन्त्रता, सम्मेलनजस्ता जनताका विविध मुद्दा विचारलाई सम्मान गर्ने बताएको उल्लेख छ । वार्ताका क्रममा उनले जनताका रहनसहनमा असर पार्ने गैरकानुनी व्यावहार र हिंसालाई छुट नदिने बताएको उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij