सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

जापानमा शक्तिशाली आँधी, एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६



  • टोकियो, साउन ३१ । जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

    आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको जनाइएको छ ।

    जापानका हिरोसीमा शहरका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । आँधीका कराण त्यहाँका अधिकांश घर भत्केका छन् । बिजुली आपूर्ति बन्द हुनका साथै ठाउँ ठाउँमा रुखहरु ढलेका कारण यातायात सेवासमेत अवरुद्ध बनेको छ ।

    भारी बर्षापछि आएको आँधीका कारण केही स्थानमा पहिरो समेत गएको छ । भारी बर्षा र आँधी केही दिनसम्म रहने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले सुझाव दिएका छन् ।

    यसअघि चीनमा आएको लेकिमा नामको आँधीले २८ जनाको ज्यान गएको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij