आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६



  • काठमाडौं । छिमेकी मुलुक भारतको विहारका पूर्वमुख्यमन्त्रीको निधन भएको छ । विहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्राको आज निधन भएको हो । पछिल्लो केहि दिन देखि दिल्लीको एक अस्पतालमा उपचाररत मिश्राको ८२ वर्षको उमेरमा निधन भएको हो । मिश्रा तीन पटक विहारको मुख्यमन्त्री भएका ब्यक्ति हुन् ।

    उनी १९७५ मा पहिलोपटक मुख्यमन्त्री भएका थिए । त्यसपछि पुनः १९८० मा मुख्यमन्त्री भएका मिश्रा अन्तिम पटक १९८९–९० मा मुख्यमन्त्री भए । मिश्रालाई विहारमा लोकप्रिय राजनीतिज्ञका रुपमा लिइन्छ । उनी एक पल्ट ९० को दशकमा भारत सरकारको केन्द्रिय क्याविनेटमा समेत पुगेका थिए । उनको निधनमा विहारका मुख्यमन्त्री नितिन कुमारले समेत समवेदना ब्यक्त गरेका छन् ।

    जगन्नाथ मिश्रले आफ्नो करियर प्रोफेसरको रूपमा शुरू गरेका थिए । पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक भए । उनी राजनीतिमा धेरै रुचि राख्थे । उनका जेठा दाइ ललित नारायण मिश्र रेल मंत्री थिए । स्मरण रहोस कि, देवघर चारा घोटाला केसमा लालू यादवलाई अदालतले दोषी ठहराउँदा र जगन्नाथ मिश्रा भने निर्दोष सावित भएर छुटे ।

    यस अघि भारतीय राष्ट्रिय कांग्रेसमा उच्च तहमा सामेल भएपछि उनी तीन पटक बिहारको मुख्यमंत्री चुनिए । कांग्रेसमा सामेल भएपछि उनी राष्ट्रवादी कांग्रेस पार्टीमा सामेल भए र पछि जनता दलमा गए । ३०, सेप्टेम्बर २०१३ मा, रांचीको विशेष अदालतले उनीसँगै अन्य ४४ जनालाई चारा घोटालामा सजाय सुनाएको थियो । त्यसपछि उनलाई चार बर्षको जेल सजाय तोकियो र २ लाख जरिवाना गराइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij