आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६



  • काबुल। अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास थालेका छन्।

    अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्नुहुनेछ । यसअघिका वार्तामा अफगानिस्तान सरकारलाई खासै महत्व दिइएको थिएन। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ।

    वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। उनले तालिबान समूहले अफगानिस्तानलाई आतङ्कवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार व्यक्त गरे।

    कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो। तालिबान समूहले उक्त आक्रमणमा आफ्नो जिम्मेवारी नरहेको बताइसकेको छ।

    अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ। इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतङ्कवादी ठूला आक्रमणहरु तिब्र रुपमा बढिरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकहरुको भनाई छ।

    विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ। राष्ट्रसंघले अघिल्लो दशकमा भन्दा बढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ। शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको ज्यान गएको थियो। विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन्।

    अमेरिकी रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक प्रतिबेदनमा हाल अफगान द्वन्द्व यथास्थितिमा रहेको उल्लेख छ। तालिबान समूहले पनि थप क्षेत्रलाई आफ्नो कब्जामा लिन सकेको छैन भने सरकारी फौजले पनि गुमेका क्षेत्रहरुमाथि पुनः नियन्त्रण गर्न सकेको छैन।

    अप्रिल–जुनको अवधि विश्लेषण गरिएको उक्त प्रतिवेदनले हिंसात्मक घटनाहरुमा खासै परिवर्तन नआएको उल्लेख गरेको छ। अफगानिस्तानमा हाल १४ हजार सैनिक तैनाथ छन्। अमेरिकी सैनिक फिर्ती नै अमेरिका–तालिबान वार्ताको मुख्य विषयवस्तु रहेको छ। (रासस-एपी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij