आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लगातार १४ सुपरहिट सिनेमा दिएर स्टार बनेका थिए चिरञ्जीवी, आमिरसमेत हुन् फ्यान

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • बलिउडमा त्यसो त आमिर खानलाई ‘मिस्टर परफेक्सनिस्ट मानिन्छ। धेरैका लागि उनी प्रेरणाको श्रोत हुन्।

    कमैलाई थाहा हुनुपर्छ उनी पनि कोहीकसैबाट प्रेरणा लिन्छन्, भनेर। आमिर खान दक्षिण भारतीय तेलेगु सिनेमाका सुपरस्टार चिरञ्जीवीलाई आफ्नो प्रेरणा मान्छन्।

    उनै चिरञ्जीवीको आज जन्मदिन हो। चर्चित अभिनेता रामचरणका पिता चिरञ्जीवी आज आफ्नो ६४ औं जन्मदिन मनाउँदैछन्।

    Related image

    चिरञ्जीवी दक्षिण भारतीय सिनेमाका ती अभिनेतामा पर्छन् जसले हिन्दीभाषी दर्शकमाझ दक्षिण भारतीय सिनेमालाई परिचित गराए। उनले तेलेगु सिनेमाका अलावा तमिल, कन्नड तथा हिन्दी सिनेमामा समेत काम गरेका छन्।

    आफ्नो करियरमा लगातार १४ ब्ल्कबस्टर सिनेमा दिएर सुपरस्टार बनेका चिरञ्जीवी सिनेमा जत्तिकै राजनीतिमा पनि सफल रहे। उनी सन् २०१२ देखि लिएर सन् २०१८ सम्म पर्यटनमन्त्री बने। यसका अलावा उनी सो समय राज्यसभा सदस्यका रूपमा समेत कार्यरत रहे।

    चिरञ्जीवी नाम बाट दर्शकमाझ अत्याधिक लोकप्रिय उनको खास नाम भने कोणीदेल शिव शंकर वर प्रसाद हो।

    उनले सन् १९७९ मा ‘पुनाधिरल्लू’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका हुन्। सन् १९८० मा उनले १४ ब्लकबस्टर सिनेमा दिएला थिए।

    सिनेमाको चर्चापछि राजनीतिमा होमिएपनि उनको सिनेमायात्रामा विराम लागेको छैन। उनी अभिनित ऐतिहासिक सिनेमा ‘सई रा नरसिम्हा रेड्डी’ सिनेमा अक्टुवर २ मा रिलिज हुँदैछ।

    उनको यो सिनेमा एकसाथ तेलेगु, तमिल, कन्नड र हिन्दी भाषामा रिलिज हुँदैछ। सो मितिमा बलिउडको ठूलो मानिएको ‘वार’ सिनेमासमेत रिलिज हुँदैछ। सिनेमाको हिन्दी डबलाई फरहान अक्तरले वितरणको जिम्मा लिएका छन्। त्यसकारण यो मितिमा उनले वक्सअफिसमा टाइगर श्रफ र ऋतिक रोशनसँग भिडन्त गर्नेछन्।

    उनको यस सिनेमामा अमिताभ बच्चनले पनि अभिनय गरेका छन्। सिनेमाको टिजर सार्वजनिक भइसकेको छ र सो टिजरलाई दर्शकहरूले मनपराइरहेका छन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij