आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माफी मागेपछि मीका सिंहको प्रतिबन्ध हट्यो

  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६



  • मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ । मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । मीकाले एशोसियसनसँग माफी मागेपछि उनीमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।

    मीकाले केहि दिन अघि पाकिस्तानमा एक वैवाहिक कार्यक्रममा सहभागी हुदै पर्फर्मेन्स दिएका थिए । पाकिस्तानी मिडियाका अनुसार मीकाले पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशरफका आफन्तको विवाहमा कराचीमा गत अगस्ट ८ मा सो पर्फर्मेन्स दिएका थिए ।

    एसोसियसनले मीकाविरुद्ध तुरुन्तै देखि लागु हुने गरि एक्सन लिएको जनाउदै फिल्म निर्माण कम्पनि तथा म्युजिक कम्पनिहरुलाई मीकालाई काममा सहभागी नगराउने निर्देशन जारी गरिएको थियो ।

    एसोशियसनले देश भन्दा पैसालाई महत्व दिएको आरोप लगाउदै दुवै देशबीच अहिले तनाव भैरहेको बेला पाकिस्तान गएको आरोप लगाएको थियो ।

    मिकाले पत्रकार सम्मेलन गरेर नै माफी माग्दै आब देखि यस्तो नगर्ने बताए । साथै मिकाले एशोसियसनसँग लिखितमै माफी माहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    माफी माग्दै मिकाले यस्तो मलाई मात्र किन गरिन्छ भन्ने प्रश्न गर्दै पाकिस्तानी गायकले भारतमा गीत गाउदै छन् उनीहरुलाई यस्तो नियम लागु नहुने भन्दै सबैलाई एउटै व्यबहार हुनुपर्ने बताए ।

    भारतीय सरकारले जम्मु कश्मीर बारे विशेष निर्णय गर्दै संबिधानको धारा ३७० हटाएपछि पाकिस्तानले पाकिस्तानमा भारतीय फिल्म, टेलिभिजन च्यानलसहित भारतीय अनलाइन कन्टेन्टमा प्रतिबन्ध लागाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij