आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यापारमा फाइदाको लोभमा श्रीमती साटासाट !

  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६



  • काठमाडौं। व्यापारमा फाइदा हुने लोभमा आफ्ना साथीसँग मिलेर श्रीमती साटासाट गर्ने व्यापारी श्रमिानविरुद्ध उजुरी परेको छ । व्यापारीकी श्रीमतीले आफूलाई आफ्ना श्रीमानले लगातार आफ्ना साथीसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको भन्दै उजुरी दिएकी हुन् । अमर उजालाको समाचार अनुसार घटना भारतको कानपुरको हो ।

    यहाँको नजीराबाद थाना क्षेत्रमा भएको घटनामा पीडित श्रीमतीको उजुरीपछि पुलिसलाई जाँचको आदेश दिइएको छ । अशोकनगर निवासी पीडित श्रीमतीका अनुसार १५ अगष्टका दिन उनका श्रीमानका साथी श्रीमतीसहित उनको घरमा आएका थिए । तीनैजनाले पहिले मदिरा पिए त्यसपछि श्रीमानका साथी आफ्नी श्रमितीलाई त्यहीँ छाडेर गए । श्रीमानले साथीकी श्रीमतीसँग शारीरिक सम्बन्ध राखे ।

    त्यसपछि उनका श्रीमानले उनलाई आफ्ना साथीसँग शारीरिक सम्बन्ध बनाउन दबाब दिए । अस्वीकार गरेपछि कोठामा थुनिदिए । १६ अगष्टका दिन बेलुका उनका श्रीमान फेरि त्यही साथीलाई लिएर घरमा आए । त्यो दिन पनि उनले श्रीमतीलाई साथीसँग शारीरिक सम्बन्ध राख्न दबाब दिए । महिलाका अनुसार उनका श्रीमानले उनलाई साथीसँग शारीरिक सम्बन्ध राखेमा व्यापारमा फाइदा हुने बताएका थिए ।

    यतिमात्र होइन उनले साथीसँग बसेर श्रीमतीलाई अश्लील फिल्म पनि देखाए । श्रीमतीका अनुसार शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि श्रीमानले लगातार उत्पीडन गरिरहेका छन् । गुनासो गर्दा उनका श्रीमान उनलाई मारिदिने धम्की दिन्छन् । शनिबार पीडित महिलाले एडिसनल डेपुटी जनरलको कार्यालय पुगेर उजुरी गरेकी हुन् । एडिजीले सम्बन्धित थानामा जाँचपछि कारवाही गर्न आदेश दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij