आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेनजिर भुट्टोकी छोरीको टिप्पणी : कश्मीर मामिलामा इमरानले गल्ती गरे

  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६



  • इस्लामाबाद (बीबीसी)। पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसीफा अली भुट्टोले बीबीसी उर्दूसँगको कुराकानीमा कश्मीर मामिलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गल्ती गरेको टिप्पणी गरेकी छन्।

    प्रधानमन्त्री खानले त्यस विषयमा संसद्‍मा ढिलो सम्बोधन गर्नु एउटा असफलता भएको उनको भनाइ छ। उनले भनिन्, ‘पाकिस्तानी विदेशमन्त्री पाकिस्तान प्रशासित कश्मीर जानु र विश्व समुदायबाट पाकिस्तानले बढी अपेक्षा राख्न नहुने भनी उनले दिएको अभिव्यक्ति हास्यास्पद थियो।’

    हालसम्म आसीफा भुट्टो जरदारी सामाजिक कार्यकर्ताको भूमिकामा देखिएकी थिइन्। तर अहिले उनको जीवनमा राजनीतिक रङ्ग पनि देखिन थालेका छन्। बीबीसीसँगको कुराकानीमा आसिफा भुट्टोले ‘कश्मीर मुद्दामा विश्व समुदायले जे भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो नगरेको र अहिलेसम्म त्यसको त्यति भर्त्सना पनि नगरिएको’ बताइन्।

    उनले भारतीय सेनामाथि मानवअधिकार हनन गरेको आरोप पनि लगाइन्। उनी भन्छिन्, ‘अहिले जम्मू–कश्मीरमा महिलाको इज्जत सुरक्षित छैन। बालबालिकाको हत्या भइरहेको छ, प्रदर्शनकारीहरूमाथि गोली चलाइएको छ। यदि कसैले पाकिस्तानको झन्डा लहराउँछ र उसमाथि गोली प्रहार गर्नु भारतीय फौजले आफ्नो हक ठान्छ भने त्यो मानवअधिकारको उल्लङ्घन हो तर त्यसबारे विश्व समुदाय चुपचाप छ।’

    उनको भनाइ छ, ‘म मेरा बुवाले संसद्‍मा भनेको कुरा दोर्‍याउन चाहन्छुः हाम्रो सरकार भइदिएको भए उहाँ पहिलो उडानबाट युएई जानुहुने थियो, त्यहाँबाट चीन, रूस र त्यसपछि ईरानको भ्रमणमा जानुहुन्थ्यो। मुस्लिम देशलाई एकजुट गराउनु हुने थियो र आफ्ना सहयोगीलाई आफूहरूसँगै उभिन आग्रह गर्दै अहिले कश्मीरमा देखिएको मानव सङ्कट र फासीवादविरुद्ध आवाज उठाउन आग्रह गर्नुहुने थियो।’

    कुराकानीका क्रममा उनले आफ्नो परिवारको योगदानको स्मरण पनि गरिन्। उनले भनिन्, ‘मेरो हजुरबुवाले जनताको अधिकारको निम्ति आवाज उठाउन प्रेरणा दिनुभयो, आमाले त्यही बाटो समात्नु भयो, दाजु पनि हजुरबुवाको लक्ष्य र आमाको सोचलाई साकार पार्न सक्रिय हुनुहुन्छ। बिलावलले पूरै पाकिस्तानको निम्ति बोल्नुहुन्छ र म पनि उहाँसँग मिलेर जनताको आवाज बनिरहन्छु।’

    आसीफा भुट्टोले आफूलाई राजनीतिक रूपमा माझिएको खेलाडी मान्दिनन्। तर उनका भनाइमा वर्तमान सरकारको कामबारे बुझ्न राजनीतिक जानकार नै हुनुपर्ने आवश्यकता छैन, किन कि देशको हालतले उसको अवस्थाको बयान गर्छ।

    उनले भनिन्, ‘इमरान खानको सरकार र पूर्व तानाशाह परवेज मुशर्रफको शासनमा धेरै समानता छन्। इमरान खानको विफलताको सूची उनको सफलताभन्दा धेरै लामो छ। अभिव्यक्तिमाथि प्रतिबन्ध, मानवअधिकारको हनन उनको सरकारबाट यही भइरहेका छन्। सरकारले आर्थिक रूपमा देशलाई अस्थिर बताएको छ।’

    उनको भनाइमा इमरान खानले ५० लाख घर दिने वचन दिएका थिए जो अहिलेसम्म पूरा भएको छैन। उनी भन्छिन्, ‘इमरान खानले भनेका थिए, बरु उनले आत्महत्या गर्नेछन् तर अर्को देशको सहयोग लिनेछैनन् तर हामीले देखिरहेका छौँ उनी हरेक देशको अगाडि कचौरा लिएर उभिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij