प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६
अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ। एक सय १९ जना घाइते छन्।
पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए।
घाइतेमा कोही पनि नेपाली नरहेको स्रोतले जनाएको छ। सोही स्थानमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब ११८ जना नेपाली र केही नेपालीभाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij