प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६
काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ रिलिजको सुरुवाती दिनमा बलिउड चलचित्र ‘साहो’को चेपुवामा पर्यो । जसका कारण चलचित्रले इनिसियल रुपमा आक्रामक व्यापार गर्न सकेन ।
तर, वर्ड अफ माउथ राम्रो भएका कारण चलचित्रले विस्तारै पिकअप लियो। सोमबार तीजको दिन देशभरका अधिकांश चलचित्र हलमा ‘मारुनी’को शो हाउसफूल रह्यो।
निर्मात्री पूनम गौतम भन्छिन् –‘इनिसियल व्यापार राम्रो थिएन्। तर, विस्तारै पिकअप लियो। आज पनि धेरै हल हाउसफूल छन्। केही हलमा शोजहरु पनि बढिरहेको छ।’ उनी विस्तारै कलेक्सन बढ्दै जानेमा आशावादी छन्। चलचित्रले बुधबारसम्म १ करोडमाथिको ग्रस कलेक्सन गरेको पूनमले बताइन्।
अमेरिका, हङकङ, लण्डन लगायतका देशबाट चलचित्रको माग आईरहेको बताउँदै ती बाहेक अन्य देशमा पनि ‘मारुनी’ प्रदर्शन गर्ने जानकारी दिइन्। अधिकांशले ‘मारुनी’को कथा, मेकिङ, क्लाइमेक्सलाई उत्कृष्ट भनेका छन्।
‘चलचित्रको स्टोरी नै हिरो बनेको छ। कमाई भन्दा कन्टेन्ट मन पराउनु पनि ठूलो कुरा हो । यसमा म अत्यन्त खुसी छु।’– निर्मात्री गौतमले भनिन्।
नवल नेपाल निर्देशित चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij