आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

७४ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएपछि…

  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६



  • एजेन्सी-भारतको आंध्र प्रदेशको गुंटूर जिल्लामा बिहीबार एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशु (बालिका) हरूलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा ती बालिकाहरुलाई जन्म दिएकी हुन् । पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि उनको विवाह भएको थियो।

    मंगयम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् । एक बर्ष पहिले उनले गुन्टुरका डा. सनककायला उमाशंकरलाई भेटेकी थिइन्। डाक्टरहरूले उनको सामान्य शल्यक्रिया गरे र अर्को महिलाको मूत्र उनको शरीरमा ट्रान्सप्लान्ट गरेका थिए। यो शल्यक्रिया जनवरीमा सफल भएको थियो । उक्त शल्यक्रियापछि मंगयाम्मा गर्भवती भएकी थिइन् ।

    डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै फिट छिन् । उनीसँग न डायबेटिस छ न उच्च बीपीको समस्या नै छ ।  उनको फिटनेसका कारण नै प्रसुतिका लागि निकै सजिलो भएको थियो । २ बालिकालाई जन्म दिएपछि मंगयाम्माले भनिन्, मलाई लाग्थ्यो कि मेरा बच्चाहरूलाई नदेखी म मर्छु होला, तर छरछिमेकमा ५५ वर्षीया महिलाले पनि एउटा छोरो जन्माएका मैले देखेको थिएँ, त्यसपछि म ढुक्क भएँ र  मेरो मानसिकता परिवर्तन भयो। मैले यसका लागि मेरो श्रीमान्लाई पनि विश्वस्त गरें र आज म धेरै खुसी छु ।

    महिलाका पति राजा राव भज्छन्, कि अस्पतालमा नौ महिना बितिसकेको छ, बच्चाको अनुहार देखे पछि म सबै संघर्ष विर्सन्छु। डा. उमाशंकरका अनुसार दुबै बालिका र आमाहरू स्वस्थ छन् । उनीहरुको तौल १.८  केजी छ । मंगयम्मा बच्चाहरूलाई स्तनपान गर्न असमर्थ छिन्, त्यसैले बालिकाहरुका लागि दुध बैंकको सहयोगमा उनीहरुलाई दुध खुवाउने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij