आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खुट्टा र मुख बाँधिएको अवस्थामा ९० वटा कुकुरको लाश फेला

  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६



  • भारतको महाराष्ट्रस्थित बुलढाना जिल्लामा ९० वटा भुस्याहा कुकुरको खुट्टा र मुख बाँधिएको अवस्थामा लाश फेला परेको छ । आइतवार गाउँलेहरूले यसको सूचना दिएपछि वन विभागले कुकुरका लाश नियन्त्रणमा लियो ।

    प्रहरीका अनुसार, लगभग १०० वटा कुुकुरका लाश फरक फरक ठाउँबाट बरामद गरिएका थिए र तिनमा ९० वटा मृत थिए । वन विभागका एक अधिकारीले कुकुरहरूको लाश बुलढानाको गिरदा–सावलदाबारा सडकमा फरक फरक ठाउँमा भेटिएको बताए । पाँच ठाउँमा १०० वटा भुस्याहा कुकुरलाई बाँधेर सडकमा फ्याँकिएको थियो ।

    तीमध्ये १० जीवित थिए भने बाँकीको मृत्यु भइसकेको थियो । कुकुरहरूको लाश सडेर गनाउन थालेपछि घटना सार्वजनिक भएको अधिकारीको भनाइ छ । खबर पाएपछि वन विभागका कर्मचारी घटनास्थलमा पुगे अनि जीवित कुकुरहरूलाई मुक्त गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij