आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुकेश अम्बानीको परिवार कालो धन कारोबारको आरोपमा आयकरको फन्दामा

  • प्रकाशित मिति : सोमवार, भदौ ३०, २०७६



  • एजेन्सी। भारतको आयकर विभागको मुम्बई इकाइले विभिन्न देशको एजेन्सीबाट प्राप्त जानकारीको आधारमा गरिएको अनुसन्धानपछि मुकेश अम्बानी परिवारका सदस्यलाई सन् २०१५ को ‘ब्ल्याक मनी एक्ट’को प्रावधान अनुसार नोटिस पठाइएको छ । इन्डियन एक्सप्रेसका अनुसार निकै चुपचाप उठाइएको यो कदममा मुकेश अम्बानीकी श्रीमती निता अम्बानी र उनका तीन सन्तानको नाममा उनका कथित ‘अघोषित विदेशी आय र सम्पत्ति’ का लागि सन् २०१९ मार्च २८ मा नोटिस पठाइएको छ ।

    आयकर विभागको नोटिस अनुसार मुकेश अम्बानीकी श्रीमती निता अम्बानी र उनका तीन सन्तानमाथि विदेशमा अघोषित विदेशी र सम्पत्ति राखेको आरोप छ । सरकारलाई सन् २०११ मा अनुमानित रुपमा सात सय भारतीय व्यक्ति र संस्थाका एचएसबीसी जिनेभामा खाता भएको जानकारी दिइएको थियो । त्यसपछि आयकर विभागले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

    त्यसपछि इन्डियन एक्सप्रेस र इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिट्सले फेब्रुअरी सन् २०१५ मा स्विस लिक्स नामबाट एउटा ठूलै अनुसन्धान गरे जसमार्फत् थाहा भयो कि एचएसबीसी जिनेभा खाताधारकको संख्या १ हजार १ सय ९५ हो ।

    ४ फेब्रुअरी २०१९ को आयकर अनुसन्धान रिपोर्टको विवरण र २८ मार्च, २०१९ लाई पठाइएको नोटिसबाट थाहा हुन्छ कि अम्बानी परिवारका सदस्य १४ संस्थामध्ये एक क्यापिटल इन्भेस्टमेन्ट ट्रस्टका अन्तिम लाभग्राही हुन्, जसबीच थुप्रै विदेशी र घरेलु कम्पनी छन् ।

    नोटिस र मुख्य आरोपमाथि रिलायन्सका प्रवक्ताले भने, ‘कुनै नोटिस आएको भन्ने खबरसहित हामी सबै आरोप खारेज गर्छौं ।’

    यद्यपि, मुम्बई इकाई र सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेसका शीर्ष अधिकारीबीच चलेको लामो विचार विमर्शपछि यो नोटिस पठाइएको हो । यसका साथै नोटिस पठाइनु केही दिन अघि अन्तिम मञ्जुरी दिइउको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij