आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इरानमाथि जवाफी कारवाही गर्ने साउदी अरबको चेतावनी

  • प्रकाशित मिति : आइतवार, अशोज ५, २०७६



  • रियाद, असोज ५ । साउदी अरबले हालै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

    साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले इरानको हतियारहरु भेटिएको प्रष्ट पार्दै यसको छानबिन गर्ने बताएका छन् । अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाएपछि रुष्ट बनेको इरानले बदलास्वरुप आक्रमण गरेको उनको भनाइ छ ।

    साउदी अरबको अब्काइक तेल प्रशोधन केन्द्रमा दुई साता अघि आक्रमण हुँदा त्यसको असर विश्वभर परेको छ ।

    यता, इरानले भने आक्रमणमा आफूहरुको संलग्नता नभएको बारम्बार दोहो¥याउँदै आएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

    यसअघि साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत दिएका थिए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij