शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओली वंश समन्वय समिति जिल्ला कार्यसमिति दाङको बिजया दशमी,शुभ दीपावली तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न(भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६



  • बिनिता शर्मा , दाङ । ओली वंश समन्वय समिति जिल्ला कार्यसमिति दाङले आज एक कार्यक्रमको आयोजना गरि बिजया दशमी,शुभ दीपावली तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ओली वंश समन्वय समिति दाङका जिल्ला अध्यक्ष कमल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बृध्द द्वय समाजसेवी एबं सम्मानित ब्यक्तित्वहरु क्रमशः पुर्ण बहादुर ओली प्रमुख अतिथि र ललित बहादुर ओली बिशिस्ट अतिथि हुनुहुन्थ्यो ।

    जिल्ला उपाध्यक्ष यसोदा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ओली वंश समन्वय समितिका संस्थापक सचिब अमर बहादुर ओलीले बिगत २० बर्षदेखीको आरोह अबरोह प्रकाश पार्नु हुँदै वंशका लागि एक भइ सबैलाई अघि बढन सुझाव दिनुभयो । प्रमुख अतिथि पुर्ण बहादुर ओलीले वंशको संरक्षण संगै धर्म संस्कृति जोगाउनु पर्छ भन्ने सुझाव दिनुभयो । बिशिस्ट अतिथी ललित बहादुर ओलीले धेरै पहिले देखि आफुहरुले यो समिति लाई दु:ख गरेर स्थापित गरेकोले विभिन्न समयको आरोह अबरोहका कारण अघि नबढेको हो, यस्को संरक्षण गर्नुपर्ने कुरामा कार्यसमिति तथा उपस्थित सबैलाई सुझाव दिनुभयो ।

    त्यसैगरी प्रदेश नम्बर ६ का उपाध्यक्ष नेत्र लाल ओलीले ओली देश भरी एउटै हो कहिँ कसैले अरु केही भनेमा मान्य नहुने बताउनुभयो, प्रदेश नम्बर ५ का उपाध्यक्ष मिनराज ओलीले संगठन बनाउनु मात्रै ठुलो होइन एक ढिक्का भएर अघि बढन सबैलाई सुझाव दिनुभयो । कानुनी सल्लाहकार प्रेम बहादुर ओलीले आबस्यकता अनुसारको काम सबैले गर्दै गए पक्कै पनि संगठन बलियो हुने बताउनु भयो । घोराही उपाध्यक्ष रुपा ओलीले आफ्नो धारण राख्नुभएको थियो ।

    त्यसैगरी संचारकर्मी निलम ओलीले शान्तिनगर गाउँ पालीका ३ पाण्डे डाँडा निवासी ११६ बर्षिय पोक्सर ओलीको बास्तबिकता आफुले रिपोर्टिङको क्रममा देखेको निकै कमजोर अबस्थाको बारेमा सबैलाई जानकारी दिई उहाँलाई सहयोग गर्न सुझाव दिनुभयो,त्यसैगरी केन्द्रिय सचिव जागेश्वर ओलीले पुर्ब पश्चिम सबैतिरका ओली एउटै हो एक भएर अघि बढन सबैलाई सुझाव दिनुभयो । घोराही नगर सभापति बेचन ओलीले कविता बाचन गरि ओलीहरुले आ-आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै ओली समन्वय समितिका कोषाध्यक्ष रेख बहादुर ओलीले बृध्दहरुको सम्मान आफुले गरे अरुले आफुलाई सम्मान गर्छन त्यसैले बृध्दहरुको सम्मान गर्न सबैलाई सुझाव दिनुभएको थियोे । कार्यक्रमको सम्पुर्ण आर्थिक सहयोग लेखापढी कानुन ब्याबशायी समितिका अध्यक्ष चुर्ण बहादुर ओलीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव जगदीश ओलीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij