आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ दिल्लीमा आतंककारी आक्रमणको चेतावनी, ४ देखि ५ आतंकवादी लुकेको आशंका

  • प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६



  • काठमाडौं। पाकिस्तानको आतंककारी संगठनले भारतको राजधानी नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएको भारतीयले आशंका गरेको छ। भारतीय खुफिया एजेन्सीकाअनुसार पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदले आक्रमणको तयारी गरेको हो।

    नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय खुफिया एजेन्सीको आशंका छ। रिपोर्टअनुसार आतंककारीले रेलवे स्टेसन, बस बिसौनी र भीड हुने पसल क्षेत्रलाई निशाना बनाउन सक्ने दैनिक भास्करले जनाएको छ। सुरक्षालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले बुधवार रातिबाट सुरक्षा व्यवस्था कडा पार्ने र केहीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

    अमेरिकाका सहायक रक्षामन्त्री रैंडल साइबरले यस मामलामा जम्मू कश्मीर विवाद दोषी रहेको बताएका छन्। उनले जम्मू कश्मीरमा भारतले ३७० अनुच्छेद हटाएकाले आतंककारी हमला हुन सक्ने बताएका हुन्। पाकिस्तानी आतंककारीलाई कसरी सामना गर्ने भन्ने विषय चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।

    नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा व्यवस्था भएको संविधानको धारा ३७० लाई खारेज गर्नै जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन गरेपछि विवाद चर्किदै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij