प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६
काठमाडौं। ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा निश्चल, स्वस्तिमाका अलावा सुष्मा निरौला, गौरी मल्ल, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतलाई देखाईएको छ।
चलचित्रमा लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने हेमराज विसीको कथा तथा निर्देशन छ। सिमोस सुनुवार र हेमराजले चलचित्रको निर्माण गरेका हुन्।
कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र सामाजिक कमेडी कथामा निर्माण भएको बताईएको छ। निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण पनि यस चलचित्र दर्शकको प्रतिक्षामा छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij