प्रकाशित मिति : आइतवार, कार्तिक १०, २०७६
वाशिङ्टन (एजेन्सी)। इस्लामिक अतिवादी संगठन स्लामिक स्टेट्सका प्रमुख अबु बक्र अल बग्दादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्। आइबार आयोजित एक विशेष घोषणामा उनले वाशिङ्टनबाट सबैभन्दा खतरनाख आतंकवादी मानिएका बग्दादी अमेरिकी सेनाको विशेष अप्रेशनमा मारिएको बताएका हुन्।
उनले वर्षौदेखि अमेरिकाले बग्दादीको खोजी गरिरहेको र आफ्नो प्रशासनले त्यसमा सफलता पाएको बताएका छन्।
आइतबार बिहानै ट्रम्पले केही ठूलो घटना भएको भन्दै ट्वीट गरेपछि बग्गदा मारिएको बारे अपुष्ट समाचारहरु सार्वजनिक भएका थिए। ट्रम्पले आफैले बग्दादी मारिएको घोषणा गरेका हुन्।
सिरियामा अमेरिकी वायु सेनाले गरेको एक कारबाहीमा उनी मारिएको ट्रम्पले बताएका छन्। बग्दादी मारिनु आतंकवाद विरुद्धको अमेरिकी अभियानको यो ठूलो सफलता हो। ओसामा बिन लादेन मारिएपछिको यो सबैभन्दा ठूलो सफलता भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
बग्दादीको नेतृत्वमा रहेको आईएसले पूरा अरब क्षेत्र र मुस्लिम बहुल मुलुक तथगा पश्चिमा र अमेरिकामा आतंकको सिर्जना गरेको थियो। उसले इराक र सिरियाको केही भाग मिसाएर आफ्नो छुट्टै स्लामिक मुलुक बनाउने घोषणा गरेको थियो। अल कायदाका नेता ओसामा बिन लादेन मारिएसँगै आईएस विश्व मञ्चमा नयाँ समस्याका रुपमा देखा परेको थियो।
आइएसका नेता बग्दादी विश्वका सबभन्दा खोज गरिएका व्यक्ति ठानिन्छन्। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतंककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा १ करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रुर विद्रोही योद्धाको रूपमा कुख्यात छन्। सन् १९७१ मा बग्दादको उत्तरस्थिर समरामा उनको जन्म भएको थियो।
विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीँको एक मस्जिदमा धर्मगुरु थिए। कतिपयका अनुसार सद्दाम हुस्सेनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।
अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए। सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।
सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए। आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी संगठनको उच्च नेतृत्वमा उदाए।
यसै वर्षको सुरुमा आइएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो। त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन। त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर क्यालिफेट निर्माणको घोषणा गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij