प्रकाशित मिति : बुधबार, कार्तिक २७, २०७६
काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकामा चल्ने तीन पांग्रे टेम्पो र नीलो माइक्रोबस हटाउने तयारी गरेको छ। ग्यासबाट सञ्चालित यी पुराना सवारीसाधन हटाएर विद्युतिय सवारीलाई प्रोत्साहन गरिने महानगरले जनाएको छ। महानगरपालिकाभित्र केन्द्रीय राजधानी पर्ने भएकोले पुराना सवारीसाधन हटाएर नयाँ यातायातका साधन सञ्चालन गर्न लागेका काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। पुराना गाडीले ट्राफिक अस्तव्यस्तता बढाएको र रानीपोखरीमा पार्किङ गरेका पुराना सवारी साधनले सहरको सौन्दर्यलाई असर गरिरहेको छ पनि उनले बताए।
साना साधनले सहरको सौन्दर्यमा पनि असर पारेको कुँवरको दाबी छ। ‘साना सवारीसाधन अव्यवस्थित पार्किङ गरेको छ हेर्दा पनि नराम्रो देखिन्छ,’उनले भने, ‘सहरको सुन्दरता बढाउनलाई यातायातको साधनले पनि सहयोग गर्छ।’ पुराना सवारीसाधन र सानालाई ठूलालाई मात्र प्रयोगमा ल्याइने उनले जानकारी दिए। महानगरभित्र सञ्चालन गर्नको लागि थप नयाँ बस आयात गर्न लागिएको उनको भनाइ छ। ‘नयाँ विद्युतीय सवारीसाधनको खरिद प्रक्रिया महानगरले बढाइसकेको छ,’ उनले भने।
महानगरभित्र सञ्चालित सवारीसाधनको निरन्तर अनुगमन गरिने उनले जानकारी दिए। यातायात व्यावसायी र ट्राफिक प्रहरीसँग सहकार्य गरी सवारीसाधनको अनुगमन गरिन्छ,’ उनले भने,’ सिट च्यातिएका र फोहोर भइसकेका सिट हुन्छन्, सफा छ कि छैन त्यसको प्रभावकारी अनुगमन गरिन्छ ।’थाहा खबरबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij