आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनमोलले साइन गरे ‘ए मेरो हजुर ४’,

  • प्रकाशित मिति : शनिबार, कार्तिक ३०, २०७६



  • काठमाडौं। अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ साइन गरेका छन्। अनमोल र निर्माण पक्षबीच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    यो फिल्मलाई ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी अभिनेत्री झरना थापाले निर्देशन गर्नेछिन्। फिल्ममा अनमोलले सुहाना थापासंग दोस्रो पटक जोडी बाँध्नेछन्।सुहाना झरनाकी छोरी हुन्। उनले आफ्नै निर्देशनमा छोरीलाई ‘ए मेरो हजुर ३’बाट नेपाली रजतपटमा डेब्यू गराएकी हुन्।

    जुन फिल्ममा अनमोल–सुहानाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए। फिल्म हिट भएसंगै यसको चौथो श्रृंखला बन्न लागेको हो।

    अनमोललाई अनुबन्ध गरिएपनि उनको पारिश्रमिक भने सार्वजनिक गरिएको छैन।

    होम प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन्। फिल्मको छायांकन माघ २० देखि गर्ने निर्माण टिमको योजना छ। नेपाल, ओमान र हल्याण्डमा छायाँकन गर्ने बताईएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij