आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनले कार्वन उत्सर्जन नियन्त्रण गर्न सफल भएको दाबी

  • प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६



  • काठमाडौं । चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न आफु सफल भएको दाबी गरेको छ ।

    कुल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौति गर्न सफलता मिलेको चीनले जनाएको छ ।

    चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौति गर्ने लक्ष्य तय गरेको थियो ।

    उसले ‘जलवायु परिवर्तनको सामना : चीनको नीति तथा कार्य सम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गरेको हो ।

    वातावरण उपमन्त्री चाउ यिङ् मिनले प्रतिवेदनबारे टिप्पणी गर्दै पत्रकार सम्मेलनमा सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताए ।

    भविष्यमा हरितगृह ग्याँस निष्कासनलाई नियन्त्रण गर्दै जाने उनको भनाइ थियो ।

    वातावरण उपमन्त्री मिनले हरितगृह ग्यास उत्सर्जनलाई कटौती गर्दै यस वर्ष संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको जिकिर गरे ।

    चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कुल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गरेको बताए ।

    यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्ने उनको भनाइ थियो ।

    तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ ।

    चीनले गैर–खनिज इन्धनको उपभोग गत बर्षको अन्त्यसम्ममा १४.३ प्रतिशत पु¥्याइएको दावी गरेको छ ।

    त्यस्तै चीनको नवीकरणीय उर्जा स्रोतबाट उत्पादन गरिएको उर्जा गत बर्ष २६.७ प्रतिशत पुगेको थियो ।

    चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रण र गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री मिनले बताए ।

    चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij