आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाज दुर्घटनाको विषयमा प्रधानमन्त्रीको माफी

  • प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६



  • न्युजिल्याण्ड । अढाइ सयभन्दा बढी व्यक्तिको ज्यान जाने गरी ४० वर्षअघि भएको जहाज दुर्घटनाका विषयमा न्युजिल्याण्डका प्रधानमन्त्री जकिन्डा अर्डेनले माफी मागेकी छन् ।

    अन्टार्कटिकामा ४० वर्षअघि भएको जहाज दुर्घटनामा २ सय ५७ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनाको स्मृति दिवसको अवसरमा बिहीवार उनले सार्वजनिक रुपमा माफी मागेकी छन् । न्युजिल्याण्डकै जहाज १९७९ नोभेम्बर २८ मा अन्टार्कटिकामा दुर्घटनामा परेको थियो ।

    जहाजका २० जना चालक दलका सदस्यसँगै २ सय ३७ यात्रु सवार थिए । विमानमा न्युजिल्याण्डसहित अमेरिकन, क्यानेडियन, जापानी र अस्ट्रेलियन नागरिक समेत थिए । ‘४० वर्षपछि सरकारका तर्फबाट त्यस घटनाका लागि माफी माग्ने समय आएको छ,’ प्रधानमन्त्री आर्डेनले भनेकी छन्, ‘त्यो वियोगात्मक घटनामा पाइलट जिम्मेवार थिएनन्, बरु राज्यको तर्फबाट म जिम्मेवारी लिन्छु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij