आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रियंकाको बलात्कारपछि जिउँदै जलाएर हत्या

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६



  • भारतको तेलंगनाको हैदराबादमा २७ वर्षीया एक युवतीको बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

    प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीमाथि बलात्कार गरिएको थियो ।

    तेलुगु मिडियाको रिपोर्ट अनुसार प्रियंका जागिरे थिइन् र आफ्नो स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् । कामबाट फर्कँदा उनले आफ्नो स्कुटी पंक्चर पाइन् ।

    त्यसपछि प्रियंकाले स्कुटीलाई टोल प्लाजामा राखेर ट्याक्सी नै चढेर घर फिर्ता हुने निर्णय गरिन् ।

    टोल प्लाजामा दुई व्यक्तिले प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए । यसबारे प्रियंकाले आफ्नी बहिनी भाव्यालाई फोन गरेर जानकारी दिएकी थिइन् । उनले बहिनीलाई सडकमा एक्लै उभिन डर लागिरहेको र अचानक केही मानिसहरु देखिएको र ट्रकजस्तो वस्तु देखिएको पनि बताएकी थिइन् ।

    त्यसपछि प्रियंकाले आफ्नी बहिनीलाई केही बेरपछि फोन गर्ने बताउँछिन् तर त्यसपछि उनको फोन स्विच अफ हुन्छ ।

    त्यसपछि उनको परिवारका मानिसहरुले टोल प्लाजा नजिकै प्रियंकाको खोजी गर्छन् र स्थानीय पुलिस स्टेशनमा प्रियंका हराएको भन्दै रिपोर्ट दर्ता गराउँछन् ।

    बिहिबार बिहान एक निर्माणाधीन पुलमुनी आधा जलेको शव भेटिएको सूचना प्राप्त हुन्छ ।

    त्यसपछि प्रियंकाका आफन्तले सनाखत गरे । जुत्ता र स्कार्फबाहेक सय मिटरको दुरीमा प्रियंकाको भित्री वस्त्र पनि भेटिएको थियो जसको आधारमा घरका सदस्यले उनको पहिचान सुनिश्चित गरे ।

    तेलुगु मिडियाको रिपोर्टमा बताइए अनुसार दुर्घटना स्थलभन्दा केही पर उनको भित्री वस्त्र पनि भेटिएपछि प्रियंकामाथि बलात्कार भएको आशंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij