आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आधा पाकेको सुँगुरको मासु खाएको एक महिनापछि व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका

  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६



  • चीनका ४६ वर्षका झु जोन्गफाको शरीरमा ७ सय बढी परजीवी फित्ते जुका (टेपवर्म) भेटिएका छन् । यी जुका ती व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए । स्थानीय मडियाका अनुसार मजदुरी गर्ने झुलाई अस्पताल पुर्‍याउँदा उनले मुखमा फिँज निकालिरहेका थिए र बेहास थिए ।

    उपचारको क्रममा उक्त फित्ते जुकाको अण्डा पेटसम्म पुगिसकेको र रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ । डाक्टरका अनुसार उक्त फित्ते जुका सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको र यसले आफ्नो संख्या बढाइरहेको थियो ।

    डाक्टरका अनुसार झु टिनिएसिसबाट पीडित थिए । यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो । भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ । यसका साथै यो दुषित खानामार्फत् पनि शरीरभित्र पुग्ने गर्छ ।

    न्यूजडेस्कका अनुसार झुले एक महिनाअघि सुँगुरको मासु खाएका थिए, त्यो पूर्ण रुपमा पाके नपाकेको राम्रोसँग थाहा नभएको बताएका थिए । उक्त मासु खाएको एक हप्तापछि स्वास्थ्यमा समस्या देखिएपछि उनले डाक्टरलाई सम्पर्क गरेका थिए ।

    संक्रमण भएको अवस्थामा अत्यधिक टाउको दुख्ने, अँध्यारो छाउने, अट्याक हुने, बिर्सनेलगायतका लक्षण देखिन्छन् ।

    झियांग युनिभर्सिटी अफ मेडिसिनसँग सम्बन्धित अस्पतालका डा. जियानरन्गका अनुसार दिमाग र छातीको स्क्यान गरिएको छ । रिपोर्टमा भित्ते जुकाको पुष्टि भएको छ । मष्तिस्कबोहक फोक्सो र टाउकोको मांसपेशीमा पनि यी देखिएका छन् । डा. हुआंगका अनुसार एन्टी प्यारासाइटिक औषधी दिएर जुका र लार्भालाई मारिइसकिएको छ तर उपचार भने पूरा भएको छैन । यसको असर कतिसम्म हुन्छ त्यसबारे यकिन गर्न नसकिने डाक्टरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij