प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६
बीबीसी। लण्डनमा भएको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानाडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’को भनिदिएका छन्।
उक्त भिडिओ फुटेजमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे ट्रुडो, ब्रिटिश प्रधानमन्त्री बोरिस जन्सन तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच कुराकानी भइरहेको देखिन्छ।
ठट्टा र हाँसो
बकिङ्घम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको प्रेस सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको बताइएको छ।
ट्रुडुले अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो। पछि उनले राष्ट्रपति ट्रम्पको टोली कसरी हैरान भयो भनेका थिए। तर त्यसको सन्दर्भ भने स्पष्ट छैन। उनले त्यस्तो कुराकानी ब्रिटिश, फ्रेन्च र डच नेताहरू अनि राजकुमारी एनीमाझ गरेका थिए। जुन सुनेपछि ती सबै हाँसेका थिए।
लगत्तै ट्रम्पले क्यानाडाले नेटोमा गर्नुपर्ने खर्चको लक्ष्य नपुर्याएको भन्दै तीखो आलोचना गरे। साथै उनले ट्रुडोको चरित्रबारे पनि आलोचना गरे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij